Section 41
रुग्ण उद्योग सम्बन्धी सुबिधा, सहुलियत तथा छुट
प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ३९ बमोजिम रुग्ण उद्योगको रुपमा पहिचान भएको वा दफा ४० बमोजिम वर्गीकरण गरिएको उचोगले त्यस्तो उद्योगको विस्तार, पुनर्संरचना वा विविधिकरणका लागि आयात गर्ने मेसिनरी औजार वा उपकरणमा नेपाल सरकारले महसुल, शुल्क वा करमा पूर्ण वा आंशिक छुट दिन सक्नेछ।